विदेशबाट पैसा पठाउँदा आईएमईले २२ हजार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 08:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता' अफर सार्वजनिक गरेको छ । अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच ५ जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,०००/- (कर वाहेक) उपलब्ध गराउने छ।

यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाईने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ। संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइदै आइएको हो ।

विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved