जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 09:40:00 AM मा प्रकाशित

laxmi  sunrise bank

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा परेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा परेको हो । 

प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालले भित्र्याएको रेमिटेन्स जीडीपीको २५ प्रतिशत हो ।  यस सुचीको सबैभन्दा अगाडी भने दक्षिण प्रशान्त टापुमा रहेको देश टोङ्गा रहेको छ । टोङ्गाले सन् २०२१ मा जीडीपीको ४४ प्रतिशत रेमिटेन्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ । टोङ्गाको जनसख्या १ लाख मात्र छ  । 

त्यस्तै जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा दोस्रोमा लेबनान, तेस्रोमा किर्गिस्तान, चौथोमा ताजकिस्तान , ५ औ होन्डुरस र छैठौमा एल साल्भोडार रहेका छन्। यी देशहरुले जीडीपीको तुलनामा क्रमश ३५ प्रतिशत, ३० प्रतिशत, २८ प्रतिशत, २७ प्रतिशत र २६ प्रतिशत रेमिटेन्स भित्र्याएका छन् ।

यो सुचीको ८ औ , ९ औ र १० औ मा क्रमश जमाईका, लेसोथो र सामोवा रहेका छन् । यी देशहरुले सन् २०२१ मा  जीडीपीको तुलनामा क्रमश २४ प्रतिशत, २४ प्रतिशत र २१ प्रतिशत रेमिटेन्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ  ।

प्रतिवेदन अनुसार सन् २०२१ मा छिमेकि मुलक भारतले सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएको छ  । भारतले ८७ बिलियन डलर रेमिटेन्स भित्र्याएको हो, जुन ६९ खर्ब ६० अर्ब भारु बराबर हो  ।  सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउनेमा दोस्रो स्थानमा  चीन रहेको छ। चीनले ५३ बिलियन डलर रेमिटेन्स भित्र्याएको उल्लेख छ । त्यस्तै मेक्सिकोले पनि ५३ बिलियन डलर नै रेमिटेन्स भित्र्याएको छ । 

बढी रेमिटेन्स भित्र्याउनेमा फिलिपिन्स, इजिप्ट र पाकिस्तान क्रमश  चौथो र ५ औ र छैठौ स्थानमा छन् । यी देशले क्रमश ३६, ३३ , र ३३ बिलियन डलर रेमिटेन्स भित्र्याएका छन् । त्यस्तै सातौमा बंगलादेश, ८ औ मा भियतनाम , ९ औमा नाइजेरिया र १० औ युक्रेन रहेका छन् । यी देशले क्रमश २३, १८, १८ र १६ बिलियन डलर रेमिटेन्स भित्र्याएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved