रेमिट टु नेपालको दशैं तिहार उपहार योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 04:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट टु नेपालले नेपालीहरुको चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गरि उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ६३ दिन सम्म चल्ने “चाड पर्वको बहार सुन चाँदी र नगद उपहार“ उपहार योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार  रेमिट टु नेपालको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक  हप्ता १ जनालाई १० ग्राम चाँदी साथै अन्त्यमा एक जना बम्पर बिजेतालाई १० ग्राम सुन उपहार प्रदान गरिने छ । साथै यस योजना अबधि भर उत्कृष्ट कारोबार गर्ने १६ सहकारी तथा  निजि सब–एजेन्टलाई सुन, चाँदी र नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। 

“ चाड पर्वको बहार सुन चाँदी र नगद उपहार “ उपहार योजना भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवधिभरी रेमिट टु नेपाल मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विध्युतिय प्रणालीद्वारा गरिने र यो योजना रेमिट टु नेपालमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले प्रष्ट पारेको छ । 

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरुको सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved