रेमिट्यान्स २४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 04:01:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ५ खर्ब ८४ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक २०७८/७९ वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो। 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो। 

समिक्षा अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved