आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा ५० रुपैयाँ क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 10:00:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर उपलब्ध हुने भएको छ ।  रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसर विदेशमा रहेका नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा रू.  ५० सम्मको क्यासब्याक दिने सुविधा छ । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ  आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved