सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 05:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

   

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपालले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ यसका साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउदै आइरहेको छ ।


सिटी एक्सप्रेस मनी ट्रान्सफरद्रारा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो  

सिटी एक्सप्रेस रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड  गर्ने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved