२५ प्रतिशतले बढ्यो नेपाल आउने रेमिटेन्स, ८ महिनामा ७९४ अर्ब भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 03:24:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ७ खर्ब ९४ अर्बको रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधि(साउनदेखि फागुनसम्मको अवधि) मा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७९४ अर्ब ३२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७९४ अर्ब ३२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो । 

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई रु.८७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved