२४ प्रतिशतले बढ्यो नेपाल आउने रेमिटेन्स, ९ महिनामा ९०३ अर्ब भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 12:04:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९ खर्ब ९ अर्बको रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधि ( २०७९ साउनदेखि २०७९ चैत्रसम्मको अवधि) मा विप्रेषण आप्रवाह २४.०२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको  संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved