नेपाल रेमिटबाट पठाएको पैसा नेपाल एसबीआई बैंकमार्फत झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 05:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेमिटका शाखा तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबीआई बैंकका शाखाबाट भूक्तानी पाइने भएको छ । नेपाल एसबीआई बैंक र नेपाल रेमिटबीच रेमिट्यान्स भूक्तानी सम्बन्धि सम्झौता भएसँगै नेपाल रेमिटका शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका शाखा मार्फत भुक्तानी हुने भएको हो ।

उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेश्नल प्रा. लि.का नायब महाप्रबन्धक देव वहादूर थापाले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा हस्ताक्षर हुँदा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत  यादवेन्द्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल साथै नेपाल रेमि६ इन्टरनेश्नल प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत सागर खनाल पनि उपस्थित थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved