विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिट मार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका छन्।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘ कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । कुवेतमा रहनुभएका नेपानीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ’ ।
नेपालको पुरानो र विश्वसनिय नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।