नेपाल आउने रेमिटेन्स २१ प्रतिशत बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 12:44:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब रेमिटेन्स आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा  विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई रु.१२२० अर्ब ५६ करोड पुगेको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

 समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved