वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको शुभ अवसरमा “दशैंमा दश गुणा अभियान जारी गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले यस पर्वको उत्सवमा ग्राहकहरुको खुशी गुणा गर्ने लक्ष्य सहित यस योजना ल्याएको जनाएको छ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५,००० भन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर असोज ८ गते देखि सुरु भइ मंसिर १०, २०८० सम्म लागू हुनेछ ।
यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले रु २५,००० सम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा रु २५,००० पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले रु एक लाख सम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार रु पाँच लाख प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम रु १,००,००० भन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम रु १०,००,००० प्राप्त गर्ने कम्पनीले जनाएको छ ।