ई-सेवा मनि ट्रान्सफर पाँचौं वर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 12:41:44 PM मा प्रकाशित

laxmi sunrise bank

डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्सफर आफ्नो कार्य थालनीको चार वर्ष पुरी गरि पाँचौं वर्षमा प्रवेश गरेको छ।

कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तरराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।  

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु,१३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टका साथै ई- सेवा वालेटबाट सहजै  उपभोक्ताहरुले ई-सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्। 

कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको उक्त कम्पनीलाई आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्र्याउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा नेपाल राष्ट्र बैंकले सम्मानितसमेत गरेको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोइरालाले भने, “कार्य सञ्चालनको ४ वर्षमै ई-सेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुसी र उत्साहित छौं । हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छौ ।”

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved