निओ मनि ट्रान्सफरद्वारा ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2024 | 02:32:28 PM मा प्रकाशित

laxmi sunrise bank

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । 

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थासहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसैगरि, पारम्परिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । 

गायक सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागिे छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले बताएको छ । 

निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दै आएको बताएको छ। 

कम्पनीले ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पु¥याउने लक्ष्य रहेको पनि बताएको छ ।

कम्पनीले ब्रान्ड एम्बेसडर प्रकाश सपुतका प्रशंसक र अनुयायीहरु मार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने योजना रहेको बताएको छ ।  

ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, “रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं ।”


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved