सिटी एक्सप्रेसले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 12:42:26 PM मा प्रकाशित

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईस्थित दुबईको SK 7 क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । मे १९ तारिख सो कार्यक्रम आयोजना हुने भएको हो ।

उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले पैसा नेपालमा पठाने गरेका छन् । युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जानकारी दिलाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved