मुलुकमा रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दो क्रममा नै देखिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको बैशाख महिनासम्मको तथ्याङक अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले बृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।
चालु आर्थिक वर्षको बैशाखसम्ममा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.२ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले बृद्धि भएर १३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले बृद्धि भएर ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।