आईपीओको तयारीमा रहेको आइएमईले जीएमई रेमिटलाई प्राप्ती गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2024 | 07:21:30 AM मा प्रकाशित

nepal oil ltd

आइएमई लिमिटेडले जीएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ।  उक्त कम्पनीलाई प्राप्ती गरे पश्चात आइएमई लिमिटेडले आगामी साउन ३० गतेबाट एकीकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।

आइएमई लिमिटेडको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाबाट जीएमई रेमिट प्रालिलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित भएकोे थियो भने  जीएमई रेमिट प्रालिको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाले आइएमई लिमिटेडमा गाभिने विशेष प्रस्ताव पारित भएको  थियो।

यसका साथै कम्पनी रजिष्ट्रारको कार्यालयले  पनि साउन ४ गते आइएमई लिमिटेडमा जीएमई रेमिट प्रालि गाभ्ने/गाभिने तथा प्राप्ती (एक्विजिसन) गर्ने अन्तिम स्वीकृति दिएको  थियो । 

उक्त कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने  तयारी गरिरहेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोप बोर्डमा अनुमति मागेको छ ।
नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा दिंदै आएको उक्त कम्पनीले झण्डै २०० ओटा मलुकहरुबाट एजेन्सीको रुपमा विप्रेषण भित्र्याइरहेको छ । कम्पनीको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् । 

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तरराष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजाल विस्तार गर्दै सन् २००१ मा कम्पनीले आफ्नो सेवा प्रथम पटक मलेशियाबाट शुरु गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved