निओ मनि ट्रान्सफर र बेलायतको मनिटु बीच रेमिट्यान्स भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2024 | 02:53:35 PM मा प्रकाशित

nepal oil ltd

निओ मनि ट्रान्सफर र बेलायतको मनिटु बीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बस्दै आएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले बतााएको छ ।

वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंक तथा वालेट भुक्तानी कारोबारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने पनि उक्त कम्पनीले बताएको छ ।

नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले  बेलायतको अब मनिटुसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित भएको बताए । उनले सबैभन्दा कम शुल्कमा रेमिट्यान्स भुक्तानीको कार्यमा सहयोग गरेर नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

हाल बेलायतमा १ लाख ५० हजारभन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गर्न तथा उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।पछिल्लो समयमा नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved