आइएमईबाट पैसा पठाउँदा जापानकि प्रमिलाले जितिन नगद एक करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2024 | 10:26:10 AM मा प्रकाशित

आइएमई रेमिटले 'आइएमई गरौँ, उद्यमी बनौं' योजना सार्वजनिक गरेको छ।  विदेशमा कमाएको रकम औपचारिक माध्यम मार्फत पठाउनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको आइएमईले जनाएको छ। 

आइएमईकाअनुसार यस योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन्। सँगसँगै प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार र  हरेक तिन तिन महिनामा बम्पर उपहार जित्न सक्ने छन्  । 

यसै गरी दसैँ,तिहार तथा छठ पर्व लक्षित यस योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने आइएमईले जनाएको छ।  दैनिक पुरस्कारमा आइएमइको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्ने छन् । 

हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका  घरायसी  प्रयोगका सामानहरू  टिभी, रेफ्रिजेरेटर, अथवा वासिंग  मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरु हुनेछन् । मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा   तीन जना विजेता हुनेछन् ।  

बम्पर पुरस्कारमा  भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । असोज देखि साउन महिनासम्म लागु हुने यस योजनामा तीन जना विजेताहरुले बम्पर पुरस्कार प्राप्त गर्ने छन् । यहि योजनाअनुसार विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले  १ करोड रुपैयाँ नगद जितेकी छन् ।  जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् । 

नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको  मुख्य श्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियान सँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए।  

आइएमई रेमिटले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी   कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved