नेपाल मुद्रा विप्रेषक संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा रितेश मित्तल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2025 | 05:45:03 PM मा प्रकाशित

नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा शंकर होटेल, काठमाडौंमा सम्पन्न भएको छ। उक्त साधारण सभा संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आयोजित गरिएको हो । जसको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए।

संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गर्नुपर्नेमा जोड दिए। साथै, आफ्नो कार्यकालमा सबैको सहयोगको कदर गर्दै नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए।

साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि) लाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा मनोनित गरेको छ। त्यसैगरी, उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.), महासचिवमा दिवाकर पौडेल (आइर्ए.म.ई लिमिटेड), कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.), सचिवमा रामेश्वर सापकोटा (प्रभू मनिट्रान्स्फर प्रा. लि.) र कार्यसमिति सदस्यहरूमा विमल महत (सिद्धार्थ बैंक लि.), श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.), मधुसुदन न्यौपाने (प्रभू बैंक लि.) र सुदन सिं सिलवाल )युनाइटेड रेमिट प्रा. लि.) सर्वसम्मत चयन भएका छन्।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रूपमा विकास गर्ने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरूको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि उनले जनाए ।

साधारण सभाको अवसरमा नेपाल मुद्रा विप्रेषक संघले संघको पदाधिकारीमा रही कार्य गरेका पूर्व पदाधिकारीहरूलाई सम्मान पनि गरेको थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved