बैंक वित्तीय संस्थामाथि भ्रामक प्रचारबाजीप्रति मुद्रा विप्रेषक संघको आपत्ति, कारबाहीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2025 | 09:10:14 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल मुद्रा विप्रेषक संघले बैंक तथा वित्तीय संस्थाहरूमाथि भ्रामक प्रचारबाजी रोक्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंकिङ प्रणालीलाई खल्बलाउन सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइने कार्य बढ्दै गएको भन्दै आपत्ति जनाएको हो। 

बैंकिङ प्रणालीलाई कमजोर बनाउने उद्देश्यले केही व्यक्तिहरूले आधारहीन र भ्रामक प्रचार गरिरहेको संघको दाबी छ। संघले नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरू सुशासनका आधारमा सञ्चालन भइरहेकाले आम नागरिकलाई यस्ता गलत प्रचारप्रति ध्यान नदिन आग्रह गरेको छ।

भ्रामक प्रचार गर्नेहरूमाथि कारबाहीको माग

संघले बैंकिङ सेवा प्रयोग गर्ने आम नागरिकलाई भ्रमित पार्ने, गलत सूचना फैलाउने र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकबाट स्वीकृत रेमिट्यान्स कम्पनी तथा वित्तीय संस्थाहरूको छाता संगठन हो। संघले दीर्घकालीन आर्थिक वृद्धि, गरिबी निवारण, प्रविधि विस्तार र वित्तीय पहुँच सुधारको वकालत गर्दै आएको बताइएको छ।

संघले बैंकिङ प्रणालीलाई अविश्वासको वातावरण सिर्जना गर्न खोज्ने गतिविधिहरू रोक्न सरकार, नियामक निकाय र सुरक्षा निकायले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ। पछिल्लो समय बिभिन्न समस्या तथा विवादलाई जोडेर देशका बिभिन्न बैंक बित्तिय संस्थामाथि प्रहार भएको छ। जसको कारण समग्र बैंकिंग प्रणालीमा नै जोखिम बढाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved