साइग्रेस पोखरेल बने आइएमई लिमिटेडका स्टोरी एम्बेसडर, सुनाउनेछन नेपाली श्रमिकको कथा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 08:23:53 AM मा प्रकाशित

laxmi sunrise bank

स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोखरेल (सन्तोष पोखरेल) आइएमई लिमिटेडका स्टोरी एम्बेसडर नियुक्त भएका छन्। विश्वभर छरिएका नेपाली श्रमिकका भोगाइ र अनुभवलाई कथात्मक रूपमा प्रस्तुत गर्न साइग्रेसले अब आइएमईमार्फत आफ्ना आवाज दिनुपर्नेछ।

आइएमई लिमिटेडले साइग्रेसको कथावाचन शैलीमार्फत नेपाली श्रमिकको संघर्ष, सपना, र सफलतालाई डिजिटल प्लेटफर्ममार्फत घरपरिवारसम्म पुर्‍याउने योजना बनाएको छ। विदेशमा काम गर्ने नेपालीहरू केवल बाध्यताले होइन, कामप्रतिको हुटहुटीले पनि श्रम गरिरहेका छन् भन्ने सन्देश साइग्रेसका कथाहरूमा समेटिने छ।

साइग्रेस पोखरेल नेपाली कथा बाचनको एक चर्चित नाम हुन्। उनले आइएमईका कथा तथा सामग्रीहरू यूट्यूब, फेसबुक, इन्स्टाग्राम, टिकटक, रिल्स जस्ता सामाजिक सञ्जालमार्फत प्रवाह गर्नेछन्। हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा गहिरो अर्थ राख्ने अनुभवहरूलाई साइग्रेसको शैलीमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालका अनुसार, साइग्रेसको कथात्मक प्रस्तुति नेपालमा रहेका परिवार तथा आफन्तहरूका लागि प्रेरणादायी बन्नेछ। २२ वर्षदेखि नेपालभर रेमिटेन्स सेवा प्रदान गरिरहेको आइएमई लिमिटेडले देशभर २२५ आइएमई सेन्टर, १२ हजार सब-एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सेवा पुर्‍याइरहेको छ।

डिजिटल भुक्तानी सेवामा अगाडि बढ्दै आइएमईले "आइएमई पे" मोबाइल वालेट सञ्चालन गरिरहेको छ। यसमार्फत विदेशबाट आइएमईमार्फत पठाइएको पैसा मोबाइल एपमा सजिलै प्राप्त गर्न सकिन्छ।

आइएमईले डिजिटल वित्तीय पहुँच विस्तार गर्दै डिजिटल नेपाल अभियानमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। साइग्रेस पोखरेलको संलग्नताले कम्पनीको सामाजिक प्रभावलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved