माछापुच्छ्रे बैंकले बढायो नाफा, सहज कर्जा परिचालन अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 11:07:16 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले  Machhapuchchhre Bank Limited   चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ६ महिनाको खुद मुनाफा ६०।५९ प्रतिशतले बढेर ७८ करोड १३ लाख पुगेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ४८ करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको थियो।

यद्दपी नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकसंग वितरणयोग्य खुद मुनाफा ८० करोड ३६ लाख छ। खुद मुनाफामा दुई करोड २२ लाख रेगुलेटरी एड्जस्टमेन्ट वापत थपिएपछि बैंकको लाभांश क्षमता बढेर ८० करोड ३६ लाख पुगेको हो। गत बर्षको यस अवधिमा बैंकले ४७ करोड १८ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो ।

यस अवधीमा बैंकले ८५ अर्ब १७ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६५ करोड ३७ लाख कर्जा लगानी गरेको छ। त्यस्तै  बैंकले ४ अर्ब ८१ करोड ४० लाख ब्याज आम्दानी गरेको छ भने उसले ३ अर्ब ११ करोड ७४ लाख ब्याज खर्च गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकको निक्षेप, कर्जा र खुद ब्याज आम्दानी क्रमश: २९.४५ प्रतिशत,२४.२७ र ५३.८८ प्रतिशतले बढी हो।  

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ भने जगेडा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात १०.६२ गुणा छ।

बैकको खराब कर्जा अनुपात ०।४४ प्रतिशत पुगेको छ भने कर्जा निक्षेप अनुपात ७७।६४ प्रतिशत रहेको छ। त्यस्तै बैंकको आधार ब्याजदर १०.९९ प्रतिशत र कोषको लागत ७.९८ प्रतिशत छ । कर्जा परिचालन गर्नलाई बैंक केहि सहज अवस्थामा देखिएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved