एभरेष्ट बैंकको नाफा २ अर्ब नाघ्यो, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 10:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेड Everest Bank Limited  ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा यस अवधिमा १८.३७ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण पेश गरेको छ। 

बैंकले यस अवधिमा २ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ। गत बर्षको यस अवधिमा बैंकको खुद मुनाफा १ अर्ब ७३ करोड थियो। नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार विभिन्न शिर्षकहरुमा ८६ करोड ५६ लाख रुपैयाँ व्यवस्था गरे पश्चात बैंकको बितरण योग्य मुनाफा १ अर्ब ३५ करोड छ। यसआधारमा बैंकले शेयरधनीलाई २२.२० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ। गत आर्थिक बर्ष बैंकले २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।  

यस अवधिमा बैंकको निक्षेप १ खर्ब २ अर्बबाट बढेर १ खर्ब २४ अर्ब ५४ करोड पुगेको छ। त्यस्तै बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५१ करोडबाट बढेर ४ अर्ब १० करोड पुगेको छ।   

तेस्रो त्रैमासमा बैंकको प्रति सेयर आम्दानी ३६ रुपैयाँ ४५ पैसा, प्रति सेयर नेटवर्थ २०४ रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात १६. ४६ गुणा रहेको छ। खराब कर्जा अनुपात शुन्य दशमलब २३ प्रतिशतबाट घटेर शुन्य दशमलब १८ प्रतिशतमा झरेको छ।  

गत वर्षको चैत मसान्तमा ८.१८ प्रतिशत रहेको आधार ब्याजदर ८.०१ प्रतिशतमा झरेको छ भने कोषको लागत ५.३९ बाट ६.०७ प्रतिशतमा बढेको छ। कर्जा निक्षेप अनुपात ७५.६५ प्रतिशतबाट बढेर ७६.६९ प्रतिशत पुगेको छ।  बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड छ भने जगेडा कोषमा ८ अर्ब ४४ करोड छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved