मुक्तिनाथ बिकास बैंक झनै मजबुत बन्दै, प्रमुख सूचकमा देखियो उल्लेख्य प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 08:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंक Muktinath Bikas Bank Limited ले उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा करिब ४१ प्रतिशतले खुद मुनाफा वृद्धि गरि चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६० करोड २० लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ४२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकले ४२ प्रतिशतले वृद्धि गरि १ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।  

तेस्रो त्रैमाससम्म बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन गरि ३६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २४ अर्ब ५४ करोड निक्षेप संकलन गरेको थियो। 

यस अवधिमा बैंकको चुक्तापुंजी ३ अर्ब ६ करोड छ भने जगेडा कोषमा १ अर्ब ५ करोड छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ३ प्रतिशत पुगेको छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ १९ पैसा, प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा र मुल्य आम्दानीको अनुपात १३.६७ गुणा रहेको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved