नबिल बैंकको खर्च बढ्दा कमाई बढाउन सकस, यस बर्ष लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 12:25:27 PM मा प्रकाशित

नबिल बैंक Nabil Bank Limited ले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा ३ अर्ब ९ करोड खुद मुनाफा गरेको बैंकले यस ९ महिनामा ३ अर्ब १९ करोड मुनाफा गरेको छ। 

त्यस्तै बैंकको १४ प्रतिशतले बढाएर १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा बिस्तार करिब १८ प्रतिशतले बढाएर १ खर्ब २८ करोड पुर्याएको छ। बैकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी १८।३९ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड पुगेको छ। गत आर्थिक बर्षको अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब ५६ करोड थियो।

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई करिब ३४ दशमलब ३९ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा बैंकले यस बर्ष ३४ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ।

नबिलको आम्दानी भन्दा खर्च बढ्दा उसको मुनाफामा असर परेको तथ्यांकले देखाएको छ। कर्जा तथा अन्य नोक्सानी, व्यक्तिगत खर्च, अन्य सञ्चालन खर्च, लगायतमा शिर्षकमा खर्च बढ्दा नाफा घटेको हो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ९ अर्ब १ करोड छ भने जगेडा कोष रकम १२ अर्ब ८३ करोड पुगेको छ। खराब कर्जा अनुपात १।०९ प्रतिशतबाट घटेर ०।६४ प्रतिशतमा झरेको छ।     

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ४७ रुपैयाँ २१ पैसा, प्रति सेयर नेटवर्थ २४२ रुपैयाँ ३८ पैसा र मुल्य आम्दानीको अनुपात १५ दशमलब ५८ गुणा रहेको छ। 

बाँकी महत्त्वपूर्ण विवरण टेबलमा हेर्नुहोस:



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved