लक्ष्मी बैंक अर्बपति क्लबमा, मुख्य आम्दानी ३४ प्रतिशतले बढ्दा लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 12:51:34 PM मा प्रकाशित

लक्ष्मी बैंक Laxmi Bank Limited अर्बपति क्लबमा प्रवेश गरेको छ। चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकले १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेर अर्बपति क्लबमा प्रवेश गरेको छ। गत आर्थिक बर्षको यसअवधीमा बैंकले ८६ करोड ११ लाख खुद मुनाफा गरेको थियो। 

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाअनुसार बैंकले शेयरधनीलाई करिब ११ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा बैंकले यस बर्ष १०  प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ।

यस अवधिमा बैंकले १८ प्रतिशतले बढेर ७७ अर्ब ४४ करोड निक्षेप संकलन गरेको छ भने करिब १८ प्रतिशतले नै बढाएर ७० अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ। बैंकको मुख्य आम्दानीको रुपमा लीइने खुद ब्याज आम्दानी ३४।४२ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ। 

यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ९२ करोड पुगेको छ भने जगेडा कोषमा ३ अर्ब १३ करोड पुगेको छ। त्यस्तै खराब कर्जा अनुपात १।१६ प्रतिशतबाट घटेर १ दशमलब २० प्रतिशतमा झरेको छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा, प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा र मुल्य आम्दानीको अनुपात १३ दशमलब ३९ गुणा रहेको छ। 

यस अवधिमा बैंकको नगद पर्याप्तता अनुपात ११।६० प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको न्युनतम ११ प्रतिशतको मापदण्डको निकट छ। बैंकले २ अर्ब रुपैयाँ बराबरको १० प्रतिशतको २०८६ नामक डिबेन्चर ल्याउने तयारिमा छ, यसले बैंकको नगद पर्याप्तता अनुपात मिलाउन सहजता हुनेछ। यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक तोकेको छ।    

बाँकी महत्त्वपूर्ण विवरण टेबलमा हेर्नुहोस:


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved