स्ट्यान्डर्ड चार्टड बैंकको नाफा पौने २ अर्ब, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 01:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंक Standard Chartered Bank Nepal Limited ले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा करिब १२ प्रतिशतले बढाएर १ अर्ब ७३ करोड खुद मुनाफा आर्जन गरेको छ। गत बर्षको यस अवधिमा बैंकले १ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाअनुसार बैंकले शेयरधनीलाई करिब १८।४१ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा चालू आर्थिक बर्षको कमाईबाट बैंकले १८ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ।

बैंकले १४ प्रतिशतले बढाएर ७० अर्ब ८१ करोड निक्षेप संकलन गरेको छ भने १८.३४ प्रतिशतले बढाएर ५३ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी ६.५२ प्रतिशतले बढेर २ अर्ब ५५ करोड पुगेको छ। गत आर्थिक बर्षको यसअवधिमा खुद ब्याज आम्दानी २ अर्ब ३९ करोड थियो।  

यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब १ करोड छ भने जगेडा कोष रकम ६ अर्ब १८ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशतबाट घटेर ०.२ प्रतिशतमा झरेको छ। त्यस्तै यसअवधिमा बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा, प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा र मुल्य आम्दानीको अनुपात २० दशमलब ४७ गुणा छ। 

बाँकी महत्त्वपूर्ण विवरण टेबलमा हेर्नुहोस:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved