नेपाल बंगलादेश बैंक लिमिटेड Nepal Bangladesh Bank Limited ले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा यसअवधिमा करिब ५५ प्रतिशतले बढाएर १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ७३ करोड ८० लाख खुद मुनाफा थियो।
यसअवधिसम्ममा बैंकले १७ प्रतिशतले बढाएर ५६ अर्ब ६ करोड निक्षेप संकलन गरि २६ प्रतिशतले बढेर ५१ अर्ब ५२ करोड कर्जा परिचालन गरेको छ। त्यस्तै बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी करिब ५१ प्रतिशतले बढेर २ अर्ब ११ करोड पुगेको छ। जबकि गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३९ करोड खुद ब्याज आम्दानी गरेको थियो।
चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाअनुसार बैंकले शेयरधनीलाई करिब ६० करोड २५ लाख बाड्न सक्छ अर्थात बैंकसंग १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा चालू आर्थिक बर्षको कमाईबाट बैंकले १० प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ।
यसअधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८ करोड छ भने जगेडा कोष रकम ३ अर्ब ८९ करोड छ। त्यस्तै खराब खर्जा अनुपात झिनो अंकले बढेर १.७७ बाट १.८६ प्रतिशतमा उक्लिएको छ। त्यस्तै प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा, प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा र मुल्य आम्दानीको अनुपात ११ दशमलब २६ गुणा छ।
बैंकको नगद पर्याप्तता अनुपात ११।७६ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको न्युनतम मापदण्डको नजिक छ। यसको अर्थ बैंकसंग पुंजीकोषको अभाब देखिन्छ। त्यसो त बैंकले २ अर्ब रुपैयाँ बराबरको डिबेन्चर जारि गर्ने तयारिमा छ। यसले बैंकलाई केहि राहत पुग्नेछ। यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धकमा चयन गरेको छ।
बाँकी महत्त्वपूर्ण विवरण टेबलमा हेर्नुहोस: