३१ प्रतिशत नाफा बढाएको प्राइम कमर्शियल बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 08:48:34 AM मा प्रकाशित

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited ले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५४ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्म बैंकको नाफा १ अर्ब १७ करोड रहेको थियो । यस हिसाबमा बैंकको नाफा ३१.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७९ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको भएपनि बैंकले हाल सम्म साधारणसभा गरेको छैन ।  हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ३३ करोड रहेको छ भने रिजर्भमा ४ अर्ब ६९ करोड रहेको छ।  

यस अवधिसम्म बैंकको प्रति शेयर आम्दानी रु २५.६९, मूल्य आम्दानी अनुपात १२.८४, प्रति शेयर नेट वर्थ १५८.४८, तरलता अनुपात १७.३७ प्रतिशत, बेस रेट १०.२० प्रतोशत, कोषको लागत ८.२९ प्रतिशत, खराब कर्जा १.५८ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved