अर्ब क्लबमा प्रवेश गरेको एनसीसी बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 12:39:16 PM मा प्रकाशित

एनसीसी बैंकले Nepal Credit & Commerce Bank Limited ले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्म बैंकको नाफा ८८ करोड रहेको थियो । यस हिसाबमा बैंकको नाफा ३१.०८ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड ९९ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

बैंकले अझै पनि बितेका २ आर्थिक बर्षको साधारणसभा गर्न सकेको छैन  । साथै राष्ट्रबैंकले तोकेको न्युनतम चुक्ता पुंजी पुर्याउन पनि बैंकले १ अर्ब बराबरको बोनस शेयर बितरण गर्नु पर्ने देखिन्छ । हाल बैंकको चुक्ता पुंजी ७ अर्ब रहेको छ ।  

यस अवधिसम्म बैंकको प्रति शेयर आम्दानी रु २४.७०, मूल्य आम्दानी अनुपात ९.१५ गुणा, प्रति शेयर नेट वर्थ १७४.६६ , तरलता अनुपात २६.१३  प्रतिशत, बेस रेट १०.८६ प्रतिशत, कोषको लागत ७.९४ प्रतिशत, खराब कर्जा ३.२६ प्रतिशत, स्प्रेड रेट ३.१७ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved