२ अर्ब बढी नाफा कमाएको हिमालयन बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 08:27:51 AM मा प्रकाशित

हिमालयन बैंक Himalayan Bank Limited ले चालु आर्थिक बर्ष तेस्रो त्रैमाससम्ममा २ अर्ब खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधिसम्मका १ अर्ब ८२ करोड नाफा कमाएकोमा यस आर्थिक बर्ष बैंकको नाफा १०.२४ प्रतिशतले बढेर २ अर्ब १ करोड पुगेको हो 

त्यस्तै बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३३ करोड रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले २०.८८  प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

यस अवधिसम्म बैंकको चुक्ता पुंजी ८ अर्ब ५२ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी रु ३१.५२, मुल्य आम्दानी अनुपात १५.५४, प्रति शेयर नेट वर्थ १७९.१७, तरलता अनुपात २४.१७ रहेको छ । त्यस्तै खराब कर्जा १.३१ प्रतिशत, कोषको लागत ६.६८, बेस रेट ९.१०, स्प्रेड दर ४.१० रहेको छ । 




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved