नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा ह्वात्तै बढ्यो, खुद मुनाफा घट्दा लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 08:25:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिको तुलनामा करिब १० प्रतिशतले मुनाफा घटेको प्रगति विवरणमा उल्लेख छ। 

गत आर्थिक बर्षको यसअवधिमा २ अर्ब ८३ करोड खुद मुनाफा गरेको एनआईबिले यस अवधिमा २ अर्ब ५६ करोड खुद मुनाफा गरेको छ। झन्डै ९२ करोड ४० रुपैयाँ सम्भावित जोखिमको लागी छुट्याउनुपर्दा बैंकको खुद मुनाफा घट्न पुगेको छ। 

यसअवधिमा बैंकको निक्षेप र कर्जा परिचालनमा नगन्य बिस्तार देखिएको छ। बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरि १ खर्ब २४ अर्ब कर्जा परिचालन गरेको छ। त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब २० प्रतिशतले बढेर ४ अर्ब ११ करोडबाट ४ अर्ब ९१ करोड पुगेको छ। 

चालु आर्थिक वर्षको ९ महिना अवधिमा बैंकसंग १ अर्ब ४३ करोड वितरणयोग्य नाफा छ। यसअनुसार बैंकले शेयरधनीलाई १५ दशमलब २२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा बैंकले यस बर्ष १५ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ।

यसअवधिमा बैंकको चुक्तापुंजी १२ अर्ब ५८ करोड छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ७६ प्रतिशतबाट बढेर ३ दशमलब ४ प्रतिशतमा उक्लिएको छ। 

त्यस्तै बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ १७ पैसा, प्रति सेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा र मुल्य आम्दानीको अनुपात २० दशमलब २१ गुणा रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७६ दशमलब १९ प्रतिशत रहेको छ भने आधार ब्याजदर ८ दशमलब ५४ प्रतिशत छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved