४७ प्रतिशतले नाफा बढाएको सिभिल बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 10:44:32 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा सिभिल बैंकले ४९ करोड ३८ लाख नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ४७ करोड २१ लाख कमाएकोमा बैंकको खुद नाफा ४७.२१ प्रतिशतले बढेको हो 

त्यस्तै बैंकको वितरण योग्य मुनाफा २२ करोड ३० लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले ३.७१ प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

यस अवधिसम्ममा बैंकको निक्षेप १६.६७ प्रतिशतले बढेको छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ भने रिजर्भमा २ अर्ब रहेको छ । 

बैंकको खराब कर्जा ३.९६ प्रतिशत, प्रति शेयर आम्दानी ६.१७, मूल्य आम्दानी अनुपात २५.९३, नेट वर्थ १२५.०१, तरलता अनुपात २५.४२, कोषको लागत ८.४० प्रतिशत, बेस रेट ११.२०, स्प्रेड रेट ३.३८ प्रतिशत, पुंजी निक्षेप अनुपात ७६.६६ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved