चालु आर्थिक बर्षको तेस्री त्रैमासमा नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को नाफा घटेको छ । कम्पनीले यस अवधिसम्म कुल ९ अर्ब ९८ करोड ३९ लाख खुद नफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा कमाएको थियो । यस हिसाबमा कम्पनीको खुद नाफा १ अर्ब ८७ करोडले घटेको हो ।
कम्पनीको मुख्य आम्दानी नै यस अवधिमा २९ अर्बबाट २७ अर्बमा पुगेकोले खुद नाफामा गिरावट आएको हो । कम्पनीले प्रसाशनिक खर्च र कमर्चारीको सेवा सुबिधाको खर्च भने घटाएको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ७.०२ गुणा छ भने नेट वर्थ ६७६.०५ रहेको छ । कम्पनीको ईपीएस ८८.७५ रहेको छ ।