सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड Sagarmatha Insurance Company Limited ले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा इन्स्योरेन्सको मुनाफा करिब १ प्रतिशतले मात्रै बढेको हो।
एक लाख ६ हजार ४७२ बीमा लेख जारि गरेको कम्पनीले यस अवधीमा २७ दशमलब १६ प्रतिशतले बढाएर ८३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा कम्पनीले ६५ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीको खुद दाबी भुक्तानी ४२ प्रतिशतले बढेर ४० करोड ४० लाख पुगेको छ।
यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २० करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको चुक्तापुंजी ५२ करोड ८२ लाख छ भने जगेडा कोषमा ६९ करोड ९८ लाख छ। त्यस्तै कम्पनीको बीमा कोषको आकार ४८ करोड ८७ लाख छ। कम्पनीले बीमा समितिले तोकेको न्युनतम चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्नेछ। कम्पनीको यहि बैशाख २६ मा बसेको संचालक समितिको बैठकले ८६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ। उक्त प्रस्ताब बीमा समिति र कम्पनीको साधारणसभाले पारित गर्न बाँकी छ। बोनस सेयर वितरणपश्चात चुक्ता पुंजी १ अर्ब नाघ्नेछ।
यसअवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा, प्रतिसेयर नेटवर्थ ३३५ रुपैयाँ ७८ पैसा र मुल्य आम्दानीको अनुपात ३१ दशमलब ८२ गुणा छ।