फर्स्ट माइक्रोफाइनान्सको 'फर्स्ट' मै वित्तीय रिपोर्ट, कठिन अवस्थामा पनि देखियो यस्तो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 06:41:01 AM मा प्रकाशित

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ३१ प्रतिशतले बढाएर १३ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा फर्स्ट माइक्रोफाइनान्सले ३ करोड १८ लाखले खुद मुनाफा बढेको हो।

ब्याजदर बढेर लागत बढेको कठिन अवस्थामा पनि लघुवित्तले यस अवधिमा १६ करोड ५८ लाखबाट बढेर २१ करोड २३ लाख खुद ब्याज आम्दानी  गरेको छ। त्यस्तै संचालन मुनाफा २१ करोड १४ लाख पुगेको छ।  लघुवित्तले सम्भावित जोखिमको लागि लघुवित्तले १ करोड ३८ लाख छुट्याएको छ।  

लघुवित्तले बैंकबाट ५ अर्ब १४ करोड कर्जा सापटी लिएर आफ्ना लघुवित्तका सदस्यमा लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा लघुवित्तले ४ अर्ब ७५ करोड कर्जा सापटी लिएको थियो। 

यस अवधिमा लघुवित्तको चुक्ता पुंजी ६४ करोड ४३ लाख छ । त्यस्तै कम्पनीले रिजर्भलाई बढाएर ९ करोड ८१ लाख बाट २३ करोड १४ लाख पुर्याएको छ ।

यस अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी (ईपिएस) १९।४६, प्रति सेयर नेटवर्थ १३३.८१ र मूल्य आम्दानी अनुपात १९.२७ गुणा छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved