माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 06:35:09 AM मा प्रकाशित

laxmi sunrise bank

गत आर्थिक बर्षमा माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (७४/७५) मा बैंकले १ अर्ब २४ करोड नाफा कमाएकोमा गत आर्थिक बर्षमा ३६.३२ प्रतिशतले नाफा बढाएको हो ।

बिजपाटी डटकमले बैंकले १ अर्ब ७१ करोड नाफा गर्ने प्रक्षेपण गरेको थियो  । 

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३२ करोड रहेको छ । यस हिसाबले बैंकले १६ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड रहेको छ । ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २९ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष १ अर्ब ४५ करोड रहेको छ।

बैंकले निष्क्रिय कर्जामा सुधार गरेको छ । अघिल्लो आर्थिक बर्षमा ०.४४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत आर्थिक बर्षमा घटेर ०.३७ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.४८ गुणा, प्रतिशेयर नेट वर्थ १३९.५८ रुपैयाँ, प्रति शेयर आम्दानी २१.१५ रुपैयाँ, आधार ब्याजदर १०.३७ प्रतिशत , कोषको लागत ७.८८, स्प्रेड रेट (ब्याजदर अन्तर) ४.२७ रहेको र सीसीडि ७६.९८ प्रतिशत रहेको छ  ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved