EXCLUSIVE: यो बर्ष बिकास बैंक मध्य कसको कमाई कति ? (प्रक्षेपण रिपोर्ट)

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Jul 19, 2019 | 08:13:15 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत बैंक वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गर्न थालेका छन। नयाँ आर्थिक बर्षको सुरुवातसंगै फर्स्ट माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स र माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको बित्तिय विवरण सार्वजनिक गरिसकेका छन। 

सुचिकृत संस्थाहरुले प्रस्तुत गर्ने प्रगति विवरण लगानीकर्ताको लागि बिशेष हुने गर्दछ। गत आर्थिक बर्षको चौथो तथा अन्तिम वित्तीय विवरणले यस बर्ष संस्थाले सेयरधनीहरुलाई कस्तो प्रतिफल दिन सक्छ भन्ने आंकलन गरिने हुँदा पनि वित्तीय विवरण खास हुने गर्दछ।




तेस्रो त्रैमासमा अधिकांश बिकास बैकहरुले उल्लेख्य प्रगति गरेको विवरण पेश गरेकाले चौथो त्रैमासमा समेत उक्त प्रगतिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। 

सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्दा चालू आर्थिक बर्षपनि समग्र बैंकिंङ क्षेत्र लगानीयोग्य रकमको अभाव रह्यो। यद्दपी यसको प्रभाब बैंकहरुको तुलनामा बिकास बैंकमा कम देखिएको छ।  

ब्याजदरमा परेको चाप, शाखा बिस्तार, मानवसंसाधन बिस्तार जस्ता बिषयहरुमा विकास बैंकहरुको समेत खर्च बढेकाले पनि लागत अर्थात कस्ट अफ फण्ड तुलनात्मक रुपमा बढेको छ। यद्दपी प्रतिकुल वातावरणका बावजुद पनि विकास बैंकहरुले बिगतको तुलनामा राम्रो कमाई गरेका छन। 

यस अघि: EXCLUSIVE: यो बर्ष २८ बाणिज्य बैंक मध्य कसको कमाई कति ? (प्रक्षेपण रिपोर्ट)

लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले बिकास बैंकहरुको तेस्रो त्रैमासको प्रगति विवरण तथा कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको चौथो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ।  बिजपाटीलाई असार १५ गतेसम्म प्राप्त सूचना तथा जानकारीको आधारमा चौथो त्रैमासको प्रगति विवरण प्रक्षेपण गरिएको हो। 

बिकास बैंकहरु मर्ज तथा प्राप्तिको प्रक्रियामा रहेकाले ती संस्थाहरुको मुनाफालाई प्रक्षेपण गरिएको मुनाफामा समावेश गरिएको छैन। यो प्रक्षेपण रिपोर्ट हो, यसको आधारमा गरिने लगानीको निर्णयबाट उत्पन्न परिस्तिथिप्रति बिजपाटी डटकम जिम्मेवार हुनेछैन। 

नोट: जुम गरेर हेर्नको लागि रिपोर्टमा डबल क्लिक गर्नुहोस

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved