१८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेकको चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले १ करोड ३ लाख १७ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा १७३.५७ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी १५.१७ रुपैयाँ रहेको छ ।
यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्ले आर्थिक वर्षमा १ करोड ४९ लाख ७६ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा १८८ प्रतिशतले वृद्धि भई ४ करोड ३२ लाखको भएको छ ।
लघुवित्तले उक्त अवधिमा ४७ करोड २७ लाख ७९ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा २२ करोड ३४ लाख ६१ हजार निक्षेप संकलन गरेको लघुवित्तले १११ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय ८९ करोड ९९ लाख ८० हजार सापटी (बरोइङ) गरेर ल्याएको छ ।
सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने १ अर्ब ५६ करोड ३६ लाख रहेको छ । अघिल्लो आर्थिक बर्षमा ७७ करोड ५५ लाख ३६ हजार मात्र कर्जा लगानी गरेको थियो ।
लघुवित्तले उक्त अवधिमा १९ करोड ३२ लाख ३६ हजार ब्याबाट आम्दानी गरेको छ भने ९ करोड ८० लाख ३६ हजार व्याज भुक्तनी गरेको छ । गत आर्थिक वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड ५५ लाख ९६ हजार रहेको छ । जुन अधिल्ले आर्थिक वर्षको भन्दा ८५.७९ प्रतिशले बढी हो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.५१ प्रतिशत कायम रहेको छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ३०.५८ गुणा, प्रतिशेयर नेट वर्थ १२३.२ रुपैयाँ तरलता अनुपात ३.४५ प्रतिशत कोषको लागत ९.५० प्रतिशत, पूँजी कोष अनुपात प्रतिशत १५.०९ प्रतिशत र सीसीडि ७६.७९ प्रतिशत रहेको छ ।