५६ प्रतिशतले नाफा बढाएको वोमी लघुवित्तको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 06:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

१० करोड १० लाख ८८ रुपैयाँ चुक्ता पूँजी रहेकको वोमी लघुवित्त वित्तीय Womi Microfinance Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले ४ करोड २ लाख ६५ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ५५.८६ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ६२.०१ रुपैयाँ रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ११ लाख ३० हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा २५०.६२ प्रतिशतले वृद्धि भई १४ करोड ४२ लाख ९ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा ६१ करोड ९३ लाख ४७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ४२ करोड ९४ लाख ६९ हजार निक्षेप संकलन गरेको लघुवित्तले ४४.२१ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय १ अर्ब १ करोड ८३ लाख ७९ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने १ अर्ब ८४ करोड ६१ लाख ७२ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब २१ करोड ६६ लाख ५० हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा २७ करोड ६७ लाख ७१ हजार ब्याजबाट आम्दानी गरेको छ भने १३ करोड ८३ लाख ४२ हजार व्याज भुक्तनी गरेको लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ८४ लाख २९ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५२.४८ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८ करोड ४२ लाख २८ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात मा पनि सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ०.६५ प्रतिशत रहेको निष्किृय कर्जा गत आर्थिक वर्षमा ०.५४ प्रतिशत कायम रहेको छ । त्यस्तै लघुत्तिकोे मूल्य आम्दानी अनुपात १८.१७ गुणा, प्रतिशेयर नेटवर्थ २४२.६६ रुपैयाँ तरलता अनुपात १५.४३ प्रतिशत र कोषको लागत १०.८१ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved