११२ प्रतिशतले नाफा बढाएको प्रभु बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 06:32:39 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षमा प्रभु बैंक Prabhu Bank Limited ले २ अर्ब ५ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा बैंकले ९६ करोड नाफा कमाएकोमा गत आर्थिक बर्षमा ११२ प्रतिशतले नाफा बढाएको हो ।

बिजपाटी डटकमले बैंकले २ अर्ब २५ करोड  नाफा गर्ने प्रक्षेपण गरेको थियो  । 

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ७३ करोड रहेको छ । यस हिसाबले बैंकले १९ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । 

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ८९ करोड रहेको छ । १ खर्ब १२ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८६ अर्ब ४१ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ५ अर्ब ६७ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अद्घिल्लो बर्षको तुलनामा ६२.१५ प्रतिसतले बढेर ४ अर्ब ५६ करोड पुगेको छ । 

बैंकले निष्क्रिय कर्जामा सुधार गरेको छ । अघिल्लो आर्थिक बर्षमा ३.९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत आर्थिक बर्षमा घटेर २.३१ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.५३ गुणा, प्रतिशेयर नेट वर्थ  १६३.८० रुपैयाँ, प्रति शेयर आम्दानी २४.१८ रुपैयाँ, आधार ब्याजदर ९.३६ प्रतिशत, कोषको लागत६.१६ , र सीसीडि ७४.२५ प्रतिशत रहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved