९७ प्रतिशतले नाफा बढाएको स्वदेशी लघुवित्तको प्रतिशेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 07:44:06 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वेदेशी Swadeshi Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ७ करोड ४३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले ३ करोड ७७ लाख १८ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ९७.१९ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ३९.२७ रुपैयाँ रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड ३ लाख ४५ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा २६७.६७ प्रतिशतले वृद्धि भई १८ करोड ५१ लाख ५ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा १ अर्ब २ करोड ६२ लाख ८८ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ६२ करोड ९६ लाख ५१ हजार निक्षेप संकलन गरेको लघुवित्तले ६२.९९ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २८ करोड १५ लाख ६७ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ३ अर्ब ४३ करोड ७३ लाख ७६हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा २ अर्ब १८ करोड ६२ लाख ०६ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा ४८ करोड ९७ लाख ४६ हजार ब्याजबाट आम्दानी गरेको छ भने २५ करोड ९५ लाख ५३ हजार व्याज भुक्तनी गरेको लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड १ लाख ९३ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५६.२७ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १४ करोड ७३ लाख ७ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.५४ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १४.७२ गुणा, प्रतिशेयर नेटवर्थ १८०.४८ रुपैयाँ तरलता अनुपात १३.१८ प्रतिशत र कोषको लागत ९.८३ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved