लक्ष्मी लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 08:58:34 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ११ करोड ०९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले ८ करोड ७५ लाख २ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा २६.७८ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४५.८४ रुपैयाँ रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ७८ लाख २३ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ७७.५३ प्रतिशतले वृद्धि भई २४ करोड ४६ लाख ७५ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा १ अर्ब ३० करोड ८५ लाख १७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ९७ करोड ९ लाख ८१ हजार निक्षेप संकलन गरेको लघुवित्तले ३४.७६ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९२ करोड २ लाख ६२ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ३ अर्ब ५६ करोड २८ लाख ९५ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा २ अर्ब ६७ करोड १ लाख ९४ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा ५८ करोड ३३ लाख ४० हजार ब्याजबाट आम्दानी गरेको छ भने २८ करोड १८ लाख १८ हजार व्याज भुक्तनी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड १५ लाख २२ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २५.९२ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २३  करोड ९४ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.२६ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १४.४२ गुणा, प्रतिशेयर नेटवर्थ २०१.११ रुपैयाँ तरलता अनुपात ५.२५ प्रतिशत र कोषको लागत १०.०७ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी २५ करोड २० लाख रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved