सारथी लघुवित्तको नाफामा छलाङ, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 09:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथी लघुवित्तले गत आर्थिक बर्षमा १ करोड ७९ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले २४लाख ६४ हजारले घटामा रहको लघुवित्तले गत आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ ।  

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २७ लाख ५६ हजारले ऋणत्मक रहेको जगेडा कोषमा छलाङ मार्दै गत आर्थिक वर्षमा १ करोड ५२ लाख २ हजारको बनाएको छ । 

लघुवित्तले उक्त अवधिमा १९ करोड ५५ लाख ५४ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ३ करोड ३७ लाख ९७ हजार निक्षेप संकलन गरेको लघुवित्तले ४७८.६१ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ६२ करोड ५० लाख ९७ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ८० करोड ४४ लाख ७६ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा २१ करोड २७ लाख ५८ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा १३ करोड ९७ लाख ७६ हजार ब्याजबाट आम्दानी गरेको छ भने १० करोड ९९ लाख ७४ हजार व्याज भुक्तानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ९८ लाख १ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६५०.८४ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ३९ लाख ६९ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.१६ प्रतिशत रहेको रहेको छ । त्यस्तै कोषको लागत १३.४० प्रतिशत रहेको छ । 

सत्यवति लघुवित्त सँग मर्जर प्रक्रियमा रहेको लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको भने लघुवित्तले साधारण शेयर (आइपिओ) निष्काशन गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved