
नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले गत आर्थिक बर्ष २ अर्ब ३० करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले २ अर्ब ३ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा १३.८४ प्रतिशतले बढेको हो ।
बिजपाटी डटकमले बैंकले २ अर्ब २१ करोड खुद नाफा गर्ने प्रक्षेपण गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ५९ करोड रहेको छ । यस हिसाबले बैंकले १८ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।
हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४४ करोड रहेको छ । ९७ अर्ब ८८ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८४ अर्ब ३० करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ५ अर्ब ७१ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा १४.५२ प्रतिसतले बढेर ४ अर्ब ७४ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२ प्रतिशत मै कायम छ ।
त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १७.२० गुणा, प्रतिशेयर नेट वर्थ १६७.६९ रुपैयाँ, प्रति शेयर आम्दानी २७.२६ रुपैयाँ, ब्याजदर अन्तर ( स्प्रेड रेट) ४.४३ प्रतिशत, आधार ब्याजदर ९.७२ प्रतिशत, कोषको लागत ६.५१ प्रतिशत , र सीसीडि ७४.३८ प्रतिशत रहेको छ ।