मेरो माइक्रोफाइनान्सको नाफा ७७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 07:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४/७५) मा माइक्रोफाइनान्सले ९ करोड ४७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ७६.९४ प्रतिशतले नाफा बढाएको हो । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा रहेको छ । 

यस अवधिमा माइक्रोफाइनान्सले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ करोड ८५ लाख ७५ हजार मात्र रहेको जगेडा कोषमा गत आर्थिक वर्षको अन्त्यमा आउँदा ११३.८३ प्रतिशतले वृद्धि भई ३३ करोड ९० लाख ८३ हजार भएको छ । 

माइक्रोफाइनान्सले उक्त अवधिमा १ अर्ब २१ करोड ६ लाख ३३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ७८ करोड ३७ लाख ९१ हजार निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ५४.४६ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ९७ करोड ६२ लाख ८८ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा माइक्रोफाइनान्सको कुल कर्जा लगानी भने ४ अर्ब ७१ करोड ७५ लाख ७५ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा ३ अर्ब ३८ करोड ४९ लाख ५८ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

माइक्रोफाइनान्सले उक्त अवधिमा ७१ करोड ४४ लाख ४८ हजार व्याजबाट आम्दानी गरेको छ भने ३४ करोड ४५ लाख ६९ हजार व्याज भुक्तानी गरेको माइक्रोफाइनान्सले खुद व्याज आम्दानी ५४.९३ प्रतिशतले वृद्धि गर्दै ३६ करोड ९८ लाख ७८ हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले २३ करोड ८७ लाख ४० हजार खुद ब्याज आम्दानी गरेको थियो । 

माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात १.२० प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १९.२३ गुणा, पुँजी पर्याप्तता अनुपात १९.७० प्रतिशत, प्रतिशेयर नेटवर्थ १२६.०७ रुपैयाँ, तरलता अनुपात २४.६३ प्रतिशत र कोषको लागत ९.७३ प्रतिशत रहेको छ । 

हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved