मिर्मिरे लघुवित्तको मुनाफामा १०६ प्रतिशतको छलाङ, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 07:28:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे Mirmire Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ६ करोड १४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले २ करोड ९७ लाख ४७ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा १०६.६९ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड २३ लाख ५२ हजार मात्र रहेको जगेडा कोषमा गत आर्थिक वर्षको अन्त्यमा आउँदा ३२८.९८ प्रतिशतले वृद्धि भई ९ करोड ५८ लाख ८५ हजार भएको छ । 

लघुवित्तले उक्त अवधिमा ७७ करोड ५० लाख ८८ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ४१ करोड १९ हजार निक्षेप संकलन गरेको लघुवित्तले ८९.०३ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६६ करोड ३३ लाख ५९ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने २ अर्ब ४४ करोड २० लाख ८५ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब ४२ करोड ३९ लाख ८७ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा ३६ करोड ४५ लाख ६१ हजार व्याजबाट आम्दानी गरेको छ भने २२ करोड ११ लाख ३ हजार व्याज भुक्तानी गरेको लघुवित्तले खुद व्याज आम्दानी ७१.८८ प्रतिशतले वृद्धि गर्दै १४ करोड ३४ लाख ५८ हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८ करोड ३४ लाख ६५ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.५४ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १८.८३ गुणा, पुँजी पर्याप्तता अनुपात ९.५३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७४.४५ रुपैयाँ, तरलता अनुपात ३७ प्रतिशत र कोषको लागत ११.३७ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved