
महुली लघुवित्तले गत आर्थिक बर्ष ४.२९ करोड खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष ७४/७५ मा २.४१ करोड नाफा कमाएकोमा ७५/७६ मा कम्पनीको नाफा ७७.५३ प्रतिशतले बढेर ४.२९ करोड पुगेको हो ।
यस अवधिमा लघुवित्तले ८८ करोड ३४ लाख निक्षेप संकलन गरेको छ भने २.०६ अर्बको ऋण प्रवाह गरेको छ । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ९७.१३ करोड सापटी (बरोइङ) गरेर ल्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने १४ करोड ७३ लाख रहेको छ ।
कम्पनीको चुक्ता पुंजी १० करोड २० लाख रहेको छ भने रिजर्भमा १९.३१ करोड रहेको छ । यस अवधिमा कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट घटेर १.६२ प्रतिशत रहेको छ ।
लघुवित्तको मूल्य आम्दानी अनुपात २२.४९ गुणा, प्रति शेयर नेट वर्थ २८९.४१ रुपैयाँ, ईपीएस ४२.१० रुपैयाँ र कोषको लागत १०.३७ प्रतिशत रहेको छ ।