
गत आर्थिक बर्षमा सुर्योदय लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बढेको छ । आर्थिक बर्ष ७४/७५ मा कम्पनीको खुद नाफा १.९३ करोड रहेकोमा गत आर्थिक बर्ष ७५/७६ मा कम्पनीको खुद नाफा बढेर ३.६१ करोड पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ६.३८ करोडबाट बढेर १०.५८ करोड पुगेको छ । कम्पनीको चुक्ता पुंजी १०.७९ करोड रहेको छ भने रिजर्भमा ७.९५ करोड रहेको छ ।
८६.२६ करोड सापटी लिएको संस्थाले १.५६ अर्ब कर्जा प्रवाह गरेको छ । यस वढीमा कम्पनीको खुद ब्याज आम्दानी ६.३८ करोड रहेको छ । त्यस्तै खराब कर्जा १.१४ प्रतिशतबाट घटेर ०.९२ प्रतिशत कायम भएको छ ।
यस अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.६६ गुणा, प्रति शेयर नेट वर्थ १७३.७५ रुपैयाँ , प्रति शेयर आम्दानी ३३.५१ रुपैयाँ र कोषको लागि ९.२२ प्रतिशत रहेको छ ।